देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्।
कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिँदै भने, ओली र देउवा बीच पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ। नेताहरूको सचिवालयका अनुसार यो भेटवार्ता गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि पहिलो प्रत्यक्ष वार्ता हो।
२०८२ मंसिर १९ गते शुक्रवार १७:११ बजे प्रकाशित






















