"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेको छन्।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उहाँहरूले आगामी नेतृत्व चयन प्रक्रियामा आफूहरू प्रतिस्पर्धामा नउत्रिने स्पष्ट पार्नुभएको हो। पार्टी नेतृत्व नवीकरण, पुस्तान्तरण र संगठनात्मक एकताको पक्षमा रहेर यस्तो निर्णय लिइएको उनीहरूको भनाइ छ।

केन्द्रीय कमिटी बैठकमा नेताहरूले उनीहरूको निर्णयले पार्टीभित्र नेतृत्व हस्तान्तरणलाई सहज बनाउने र महाधिवेशनलाई सहमतिमुखी बनाउने अपेक्षा व्यक्त गरेका छन्।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ। महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने छ। ११औँ महाधिवेशनको बन्द सत्रबाट विधान संशोधन पारित भएसँगै नयाँ संरचनाअनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ।

२०८२ मंसिर २८ गते आइतवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु