मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् ।
खरेल रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् ।
अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् ।
स्रोतका अनुसार, उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ ।
२०८२ माघ ५ गते सोमवार १८:०५ बजे प्रकाशित





















