सोमबार सुन–चाँदीको भाउमा उछाल, तोलामा २ लाख ८२ हजार पुग्यो
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनेको थियो । सोमबारको मूल्यले सो रेकर्ड तोडेको हो ।
यस्तै, चाँदीको भाउ पनि सोमबार बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी १८५ रुपैयाँले बढ्दै ५ हजार ८१० रुपैयाँ पुगेको छ । यद्यपि, चाँदीको हालसम्मको उच्चतम मूल्य भने गत बुधबार प्रतितोला ६ हजार ६५५ रुपैयाँ रहेको थियो ।
२०८२ माघ ५ गते सोमवार १८:११ बजे प्रकाशित





















