"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ।

यसअघि महाधिवेशन चितवनको रत्ननगर नगरपालिका–टाँडीस्थित होटल स्टारमा गर्ने तयारी गरिएको थियो। तर व्यवस्थापन तथा सहभागीको सुविधालाई ध्यानमा राख्दै स्थल परिवर्तन गरिएको पार्टीले जनाएको छ।

असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा सहभागी प्रतिनिधि तथा अतिथिहरूका लागि सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलमा आवासको व्यवस्था मिलाइएको रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिएका छन्।

महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन पार्टीका स्थानीय, जिल्ला र नगर समितिहरू, जिल्लास्थित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा १८ वटा उपसमिति गठन गरी काम अघि बढाइएको उनले बताएका छन्।

रास्वपाले महाधिवेशनमार्फत पार्टीको संगठनात्मक सुदृढीकरण, भावी कार्यदिशा तथा नेतृत्व चयनलगायत विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

२०८३ असार २ गते मंगलवार १८:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु