"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाढीको सूचना आयो, तर जोखिमको गम्भीरता बुझिएन, पत्याउन नसक्दा धेरै क्षति

काठमाडौँ। भोटेकोशीमा आएको बाढीले त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्‍याउँदा पूर्वसूचना पाए पनि धेरैले बाढीको वास्तविक जोखिम अनुमान गर्न सकेनन्।

नुवाकोटको विदुर–१ ढुङ्गेका छत्र प्याकुरेलले बाढी आउँदैछ भन्ने सूचना पाए पनि केही मिनेटमै त्रिशूलीको भेल घरसम्म आइपुगेको बताउनुभयो। घरमा फसेका उहाँसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जनाको स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरेका थिए।

त्यस्तै विदुर–१० वेत्रावतीका शशि डङ्गोलले पनि बाढीको सूचना पाएर स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गर्नुभयो। तर, बाढीको अवस्था हेर्न नदी किनारतर्फ जाँदा उहाँ आफैँ भेलमा पर्नुभयो। बाढीमा परी उहाँको खुट्टामा चोट लागेको छ।

रसुवाको उत्तरगया गाउँपालिका–१ का कर्मा तामाङले भने बाढीको सूचना पुर्‍याउन दौडिँदा आफ्नै परिवारका १५ सदस्य गुमाउनुभयो। उहाँका अनुसार बाढी आएको करिब १० मिनेटमै बस्तीमा भेल पसेको थियो।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार विपद्का बेला सूचना समयमै पुग्नुका साथै त्यसको गम्भीरता बुझेर तत्काल सुरक्षित स्थानमा जानु उत्तिकै आवश्यक हुन्छ। उहाँका अनुसार सफा मौसममा ठूलो बाढी आउँदैछ भन्ने सूचना पाउँदा धेरैले त्यसलाई गम्भीर रूपमा लिन नसक्दा जोखिम बढेको हो।

२०८३ असोज ५ गते सोमवार ०९:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु