"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारले निजामती प्रशासनलाई कठपुतली बनाउन खोज्यो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले निजामती प्रशासनलाई कठपुतली र आदेशपालक बनाउन खोजेको आरोप लगाएका छन् ।

एमाले बागमती प्रदेश कमिटीको कार्यक्रममा बोल्दै उनले प्रशासनलाई कानुनअनुसार चल्न नदिई मन्त्रीहरूको निर्देशन पालना गर्ने निकाय बनाउन खोजिएको बताए ।

सरकारले कर्मचारीको अवकाश उमेर ५५ वर्ष कायम गर्ने गरी कानुनको मस्यौदा अघि बढाउँदा अन्योल सिर्जना भएको उल्लेख गर्दै उनले यसले प्रशासनिक क्षमता कमजोर बनाउने दाबी गरे ।

२०८३ असोज २४ गते शनिवार २०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु