गगन थापाले लिए कांग्रेस सभापतिको शपथ
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले शपथ लिएका हुन् । उनले केहीबेरमा पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम छ ।
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो । थापा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
२०८३ असोज ३१ गते शनिवार १५:०९ बजे प्रकाशित























