१५ पुराना ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइएको छ – अर्थमन्त्री वाग्ले
काठमाण्डौ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समयसापेक्ष नरहेका पुराना कानून खारेज गरी आर्थिक गतिविधि सहज बनाउन कानूनी सुधार आवश्यक रहेको बताउनुभएको छ ।
अर्थ समितिको बैठकमा अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको छलफलमा उहाँले पुराना कानूनका कारण अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ थपिएको बताउनुभयो ।
विभिन्न अध्ययनले खारेज गर्न सुझाव दिएका १५ वटा ऐन हटाउने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । पुराना कानून आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता ९एआई० को युगमा सान्दर्भिक छन् कि छैनन् भन्ने पुनरावलोकन गर्नुपर्ने उहाँको भनाइ छ ।
खारेज गर्न प्रस्ताव गरिएका ऐनमा प्रादेशिक विकास योजना कार्यान्वयन ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ लगायत छन् ।
त्यस्तै, मूल्य अभिवृद्धि कर, आयकर र भन्सार ऐन संशोधन गर्ने प्रस्ताव पनि अघि बढाइएको छ ।
भन्सार सूचना प्रणाली र गाडी अनुगमन प्रणाली (भीसीटीएस) एकीकृत गर्ने प्रस्तावसमेत सरकारले अघि सारेको छ । भन्सार प्रज्ञापनपत्र स्वीकृत भएपछि विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने अर्थ मन्त्रालयका सचिव डा। घनश्याम उपाध्यायले बताउनुभएको छ ।
२०८३ मंसिर ८ गते मंगलवार १६:०७ बजे प्रकाशित






















