"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बुढीगण्डकी आयोजना एक महिनाअघि नै सक्न सभामुख अर्यालको आग्रह

गोरखा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् आयोजना निर्धारित समयभन्दा एक महिनाअघि नै सम्पन्न गर्न आग्रह गरेका छन् ।

बुधबार गोरखामा आयोजना कम्पनीको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गर्दै उनले आयोजना निर्माणको काम सुरु भइसकेकाले अब बन्ने कि नबन्ने भन्ने शङ्का नगर्न आग्रह गरे ।

उनले आयोजना निर्माणका लागि शक्तिशाली प्राधिकरण गठन गरिने र त्यससम्बन्धी ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिए । सदन सुरु भएको दुई हप्ताभित्र ऐन संसद्मा पेस गरिने उनको भनाइ छ ।

आयोजनाका लागि चालु आर्थिक वर्षमा डेढ अर्ब रुपैयाँ छुट्याइएको र आवश्यकताअनुसार थप डेढ अर्ब रुपैयाँ उपलब्ध गराउन तयार रहेको उनले बताए । पाँच खर्ब रुपैयाँभन्दा बढी लगानी हुने आयोजनामा २५० किलोमिटरको रिङरोड र ४८ किलोमिटरको तालसमेत निर्माण हुने उनले जानकारी दिए ।

सभामुख अर्यालले आयोजना निर्माणका क्रममा स्थानीय नागरिकलाई अन्याय नहुने र मुआब्जा तथा स्थानीय सम्पदाको उचित व्यवस्थापन गरिने आश्वासन दिए । उनले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै निर्धारित समयभन्दा एक महिनाअघि काम सक्ने ठेकेदारलाई पुरस्कृत गरिने घोषणा गरे ।

२०८३ मंसिर ९ गते बुधवार १६:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु