निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक रूपमा अद्यावधिक
काठमाण्डौ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ । आयोगको हिजो बसेको बैठकले कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको हो ।
कांग्रेसले गएको असोज १८ देखि २३ गतेसम्म काठमाण्डौमा १५औँ महाधिवेशन गरेको थियो । महाधिवेशनबाट थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।
महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधन, राजनीतिक दस्तावेज र महाधिवेशनबाट पारित निर्णयसहितका कागजात आयोगमा बुझाएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्राप्त कागजातका आधारमा दल दर्ता किताबमा पदाधिकारी तथा कार्यसमितिको विवरण अद्यावधिक गरिएको आयोगले जनाएको छ ।
२०८३ मंसिर ९ गते बुधवार १७:२१ बजे प्रकाशित























