"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुग्यो

काठमाडौं । नेपालमा थप ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

उनले भने, “गत २४ घण्टामा देशभरिको प्रयोगशालामा ११ हजार ४४७ नमूना परीक्षण गर्दा ४६८ जनामा कोरोना देखिएको छ”, यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ ।” उहाँका अनुसार हालसम्म १७ हजार २०१ जना उपचारपछि निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म पाँच लाख पाँच हजार ६६० जनाको पिसीआर परीक्षण गरिएको छ । प्रवक्ता डा गौतमले पछिल्लो समयमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खटिएका चिकित्सक र नर्सहरुमा समेत कोभिड–१९ सङ्क्रमण देखिएको र उनीहरुमाथि दुव्र्यवहार भएको समाचार प्राप्त भएको भन्दै दुव्र्यवहार नगर्न सबैमा आग्रह गरे ।

हालसम्म विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० कोभिड–१९ बाट सङ्क्रमित छन् । यसको सङ्क्रमणबाट हालसम्म सात लाख ६३ हजार ३८७ जनाको मृत्यु भइसकेको छ । एक करोड ४१ लाख ५१ हजार ७६६ जना उपचारपछि निको भएर फर्किएका छन् ।

मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा सङ्क्रमितकोसङ्ख्या शून्य छन् ।

२०७७ साउन ३१ गते शनिवार १९:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु