"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ओमिक्रोन नियन्त्रणमा थप सर्तक हुन स्वास्थ्य महाशाखाको आग्रह

काठमाडौं । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सर्तक भएर तयारीमा लाग्न भनेको छ ।

महामारीको विश्वव्यापी जोखिम कायम रहेको र थप सङ्क्रमक भेरियन्ट ओमिक्रोन नेपाल भित्रिएकाले थप सजग हुँदै तयारीमा लाग्नुपर्ने निर्देशक कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रदेश र स्थानीय तहका स्वास्थ्य निर्देशननालय तथा कार्यालयलाई भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने, हात धुनेलगायत जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गर्न भनिएको छ । समुदायमा जोखिम क्षेत्र ९हटस्पट० पत्ता लगाएर एन्टिजिन किटद्वारा परीक्षणको दायरा बढाउन भनिएको छ ।

महामारीको जोखिम बढिरहेकाले महाशाखाले पहिचान भएका कोभिड–१९ केसको आइसोलेशन, उपचारलगायतको व्यवस्थापनमा समन्वय र सहयोग गर्न भनिएको छ । पहिचान भएका सङ्क्रमितसँग सम्पर्कमा आएकालाई कन्ट्याक ट्रेसिङ गर्न र सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको पोटोकलअनुसार परीक्षण तथा व्यवस्थापन गर्न भनिएको छ । खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा खोप प्रयोगमा वृद्धि गर्न महाशाखाले भनेको छ । घरमै होम आइसोलेशनमा रहेका र क्वारेन्टिनमा रहेकालाई निगरानी गर्न भनिएको छ ।

२०७८ पुस १८ गते आइतवार १८:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु