सुनको मूल्य प्रतितोला ९९ हजार पुग्यो
काठमाडौं । आज एकै दिन सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको जानकारी दिएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ छ ।
२०७८ फागुन १२ गते बिहीवार २१:५० बजे प्रकाशित






















