आगामी जेठ देखि बैंकहरू पनि साताको २ दिन बन्द गर्ने राष्ट्र बैंकको निर्णय
आगामी जेठ देखि बैंकहरू पनि साताको २ दिन बन्द गर्ने राष्ट्र बैंकको निर्णय
काठमाडौँ । नेपाल राष्ट्र बैंकले साताको २ दिन बैंकहरू बिदा दिने निर्णय गरेको छ । सरकारले शनिबार र आइतबार बिदा दिने भएपछि राष्ट्र बैंकले पनि एक सूचना जारी गर्दै सो निर्र्णय गरेको हो ।
आगामी जेठ १ गते आइतबारदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थामा पनि शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ ।
राष्ट्र बैंकका गभर्नरको बुधबारको स्वीकृति बमोजिम बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखासमेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट हुने आटीजीएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट हुने सेवालगायत अन्य अत्यावश्यक सेवा तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारीलाई खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्नुपर्ने पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
२०७९ वैशाख २८ गते बुधवार १९:४९ बजे प्रकाशित























