डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुग्यो
काठमाडौं । हाल देशभर डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७ हजार १३१ जनामा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा ४५ जनाको संक्रमणबाट मृत्यु भएको छ । मंगलबार ३३ हजार ९७५ रहेको संक्रमितको संख्या २ दिनपछि ३७ हजार बढी पुगेको हो । मन्त्रालयले देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको जानकारी दिएको छ ।
२०७९ असोज २७ गते बिहीवार १९:२७ बजे प्रकाशित






















