"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारले करको दायरा बढाएर जनतालाई दुःख दिदैछःअध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई समृद्ध बनाउनका लागि अर्थतन्त्र सुधार गर्नुपर्ने बताउनुभएको छ । राप्रपाले सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा आज आयोजना गरेको चुनावी सभामा उहाँले सरकारले करको दायरा बढाएर जनतालाई दुःख दिन लागेको बताउनुभयो । विदेशी ऋण र जनताको करले गर्दा देश चलिरहेको भन्दै उहाँले अर्थतन्त्र सुधार नगरिए देश गम्भीर दिशातर्फ जाने उल्लेख गर्नुभयो ।

श्रीलङ्कामा अहिले देखिएको आर्थिक समस्याजस्तो नेपालमा हुनसक्ने भन्दै उनले राष्ट्रिय ऋण र करको दयरा घटाउनुपर्ने जिकिर गरे। उनले नेपालमा दिनप्रतिदिन आर्थिक ऋणका कारण देश दुर्घटनातर्फ गइरहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेसमेत बताए।

अर्थतन्त्र सबल बनाउनका लागि किसानलाई मलखाद, बीउबिजन उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो । आफ्नो देशमा कृषि क्षेत्रमा विकास नगरी अरुतिर पैसाहरु खर्च गरेका कारण पनि आर्थिक सङ्कट आउने गरेको भन्दै किसानलाई खाद्य, मल र बीउबिजनका लागि सरकार केही सहयोग नगरेको बताए ।

२०७९ वैशाख ७ गते बुधवार १९:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु