"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रास्वपाले सांसद र मन्त्रीका लागि लेबी तोक्यो, मासिक १६ हजार ५ सयदेखि १८ हजारसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी (पार्टी शुल्क) तोकेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सांसद, मन्त्री तथा स्वकीय पदाधिकारीहरूका लागि लेबी निर्धारण गर्ने प्रस्ताव पारित गरेको हो। यसबारे जानकारी मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले दिएका हुन्।

उनका अनुसार अब सांसदहरूले मासिक १६ हजार ५०० रुपैयाँ लेबी तिर्नुपर्नेछ भने मन्त्रीहरूले १८ हजार रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, स्वकीय सचिवहरूका लागि पनि मासिक २ हजार रुपैयाँ लेबी तोकिएको छ। हाल यो व्यवस्था मन्त्रीका स्वकीय सचिवहरूमा मात्र लागू हुनेछ।

सांसदहरूले भविष्यमा स्वकीय राख्ने व्यवस्था लागू भएमा, ती स्वकीयले पनि मासिक २ हजार रुपैयाँ लेबी तिर्नुपर्ने व्यवस्था रहनेछ।

२०८३ वैशाख ३ गते बिहीवार १७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु