बस्तीको माग गर्दै बिगत छ दिनदेखि निरन्तर आन्दोलमा सिर्सियाबासी
The flow of people seen in the Birgunj Bazaar after the curfew was lifted in the district on Tuesday, September 22, 2015. Photo: Ram Sarraf
वीरगञ्ज । पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका वीरगञ्ज महानगरपालिका–१५ सिर्सियाबासीले आन्दोलन गर्न थालेको आज छैठो दिन पुगेको छ । सुख्खाबन्दरगाह तथा विस्तारका लागि सरकारले बिगत तीन वर्षदेखि रोक्का राखेको सो जग्गाको उचित मूल्याङ्कन गरी बस्ती अन्यत्र सार्दा पूर्वाधारसहितको बस्ती बसाउनुपर्ने माग राख्दै सिर्सियावासीले आन्दोलन गर्दै आएका हुन् ।
सङ्घीय सरकारले जिल्ला मुआब्जा निर्धारण समितिमार्फत खेत भएको जग्गाको प्रतिकठ्ठा रु २४ लाखदेखि रु ४८ लाख तथा घरघडेरी भएको जग्गालाई रु ४८ लाखदेखि रु ५५ लाखसम्म मुआब्जा तोकेपनि सिर्सियाबासीले उक्त दररेट कम भएको भन्दै आन्दोलन गर्दै आएको सङ्घर्ष समितिका सदस्य विजय तिवारीले बताए।
सङ्घर्ष समितिले चलनचल्ती भाउमा जग्गाको मुआव्जा दिनुपर्ने, पूर्वाधारसहितका बस्ती बसाउनुपर्ने माग राखी सिर्सिया बासीले बिगत छ दिनदेखि गर्दै आएको आन्दोलनप्रति पर्सा क्षेत्र नं।१ का सांसद प्रदिप यादवलागयतका नेता तथा सङ्घसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।
२०७६ मंसिर २२ गते आइतवार २०:१८ बजे प्रकाशित























