"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विश्व बैङ्क बाहिरिए पनि हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन बन्ने

काठमाडौं । ऋण लगानी सम्झौता भङ्ग गर्दै विश्व बैङ्क बाहिरिए पनि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम नरोकिने भएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका महत्वपूर्ण मानिएको यो प्रसारणलाइन निर्माणमा अत्यधिक अवरोध आएको भन्दै विश्व बैङ्क गत नोभेम्बरदेखि बाहिरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्व बैङ्क बाहिरिएकै कारण आयोजना निर्माण अवरुद्ध नहुने जानकारी दिए। विश्व बैङ्कले सो आयोजनामा १३ करोड ८० लाख अमेरिकी डलर ऋण सहयोग गर्ने भएपछि सन् २०११ देखि नै आयोजना कार्यान्वयन थालिएको थियो । घिसिङका अनुसार विश्व बैङ्क बाहिरिए पनि सम्झौता गरेको रकमको ७० देखि ८० प्रतिशत रकम लगानी भइसकेको छ । “अब बाँकी रकम सरकारले वा नेपाल विद्युत् प्राधिकरण आफैँले लगानी गर्छ,” उनले भने, “अहिले पनि प्राधिकरणले आन्तरिक स्रोतमार्फत काम गरिरहेको छौँ, सरकारले पनि यसमा बजेट विनियोजन गर्छ होला ।

२०७८ फागुन २५ गते बुधवार २०:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु