"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्रीलाई राप्रपाको प्रस्ताव: सबै उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानविन गरौं

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्ररकणमा राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बु्झाएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकरणलाई कुनैपनि बहानामा लम्ब्याएर अलपत्र पार्ने कोसिसको गर्न नदिने बताएका छन्। ज्ञापनपत्रमा भनिएको छ, ‘यस्तो राष्ट्रघाती र देशद्रोही काम गरेर आफ्ना नागरिकलाई नै बेच्ने कार्यमा सरिक जुनसुकै तहका नेतृत्वलाई कुनै वहानामा पनि छुट दिन हुँदैन। वहालवाला सचिव र तात्कालीन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भएपनि विगतका ठूलठूला भ्रष्टाचार काण्डहरू समयक्रमसंगै सेलाएर जानका साथै ठूलाहरू खासगरी राजनैतिक नेतृत्वले घुमीफिरी उन्मक्ति पाउने नजिरका कारण पूर्णरूपमा आश्वस्त हनसक्ने अवस्था सिर्जना भईसकेको छैन।’

‘अहिलेको छानविन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र यस प्रकरणमा संलग्न जोसुकैलाइ कारवाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ।

२०८० वैशाख २९ गते शुक्रवार २०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु