"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दुई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी विनियोजन  शीर्षकमाथिको  छलफल सकिएको छ ।

ती मन्त्रालयमाथिको शीर्षकमा ३३ सांसदका लागि छलफलमा भाग लिन समय उपलब्ध गराइएको थियो । प्रतिनिधिसभाको आगामी असार १ गते बिहान ११ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरूमाथि छलफल हुने तय भएको छ ।

साथै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अनुपस्थितिका कारण आज सो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकको छलफल दैनिक कार्यसूचीबाट हटाइएको थियो । सो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल आगामी असार ६ गतेका लागि निर्धारण गरिएको छ ।

२०८० जेठ ३२ गते बिहीवार २१:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु