"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारविरुद्ध निर्णायक आन्दोलनमा जाने शिक्षक महासङ्घको चेतावनी

काठमाडौँ । विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासङ्घले कडा तथा निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको छ ।

महासङ्घले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले वार्तामा सहमति जनाए पनि कार्यान्वयनमा इमानदारिता नदेखाउँदा शिक्षक–कर्मचारीका समस्या यथावत् रहेको जनाएको छ ।

महासङ्घले नयाँ विद्यालय शिक्षा ऐन जारी हुनुअघि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीअनुसार निवृत्तिभरण दिनुपर्ने, अस्थायी सेवा अवधि जोड्नुपर्ने तथा दुर्गम भत्ता कटौती गर्ने निर्णय सच्याउन माग गरेको छ ।

त्यस्तै, विद्यालय कर्मचारी र ईसीडी शिक्षकका लागि दरबन्दी सिर्जना गरी तलब सुविधा उपलब्ध गराउन, ५४ सूत्रीय माग सम्बोधन गर्न र विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्न सरकारसँग आग्रह गरेको छ ।

२०८३ मंसिर १३ गते आइतवार १४:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु