"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उत्पादन भएर यहाँ खपत नभएको बिजुली मात्र हामीले बेच्ने हो – कुलमान घिसिङ

काठमाडौं । आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र लोडसेडिङ गराएर भारतमा बिजुली नबेचेको कुरा खुलाएका छन् । घिसिङले नेपालमा विद्युत कटौती गरेर भारत पठाएको भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी सत्य नभएको बताएका छन्।

‘उत्पादन भएर यहाँ खपत नभएको बिजुली मात्र हामीले बेच्ने हो, र हामी पिक समयमा पनि ४०० देखि ५०० मेगावाट बिजुली बिक्री गर्न सक्छौं’। उनले पत्रकार सम्मेलनमा भनेका छन्।घिसिङले प्राधिकरणले प्रयोग गरिरहेको सिस्टममा आएको समस्याका कारण केही समय अघि नेपालले गडबडी झेल्नुपरेको बताएका छन्।

समस्या आएको बेला पावर प्लान्ट आफैं अफ हुन्छ त्यसैले यहाँ गडबड गरेर निर्यात गर्न पनि मिल्दैन, उनले भने। अहिले नेपालको विद्युत उत्पादन क्षमता २००० मेगावाट पुगेको छ, भने नेपाल विद्युत प्राधिकरणको कुल उत्पादन क्षमता २७०० मेगावाट रहेको छ। सधै क्षमताअनुसार सबै बिजुली उत्पादन  नहुने पनि उनी बताउँछन्।

‘कुनैकुनै दिन आयोजनाको विद्युत उत्पादनमा अवरोध आउन सक्छ, त्यसो हुँदा पनि २५०० देखि २६०० मेगावाट उत्पादन हुने गर्दछ। हामीले २००० मेगावाट खपत गर्दा पनि ५०० मेगावाट बढी हुन्छ,’ उनले बताएका छन् । पिक समयमाभन्दा अन्य समयमा उत्पादिन विद्युत बिक्री नगरेमा घाटा हुने समेत उनले बताएका छन् ।

‘प्राधिकरणले विद्युत उत्पादकहरूसँग ‘टेक अर पे’मा विद्युत खरिद सम्झौता गरेको हुन्छ, यसरी विद्युत नकिनेमा तिनलाई क्षतिपूर्ति दिनुपर्छ भने यसरी किनेको विद्युत खेर गएमा घाटा हुने भएकोले निर्यात गरिएको’ उनले पत्रकार सम्मेलनमा स्पष्ट पारेका छन्। ‘यहाँ बत्ती जानु प्रणालीमा समस्या आएको कारण हो। यहाँको प्रणाली बिग्रिदा बाहिर पनि निर्यात गर्न मिल्दैन’ उनले थपे।

अहिले निर्यात गर्ने बिन्दु ढल्केबर मात्रै रहेको कालिगण्डकीको विद्युत निर्यात गर्दा पनि ढल्केबर नै पुग्नुपर्छ तर, तामाकोशीकै विद्युत पहिले पुग्छ। प्रणाली गयो भने हामीले चाहेर पनि ढल्केबर पुर्‍याउन सक्दैनौं।

२०८० असार ३ गते आइतवार २०:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु