"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राष्ट्रपति पौडेलको मुटुमा राखियो पेस मेकर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखिएको छ ।

काठमाडौस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुमा पेस मेकर राखिएको हो ।

राष्ट्रपति पौडेलको मुटुको चाल बेलाबखत कम हुने गरेकाले पेस मेकर राखिएको अस्पतालले विज्ञप्ति जारी गरी जनाएको छ ।

शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका हो । अस्पतालका अनुसार बिहान मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका हुन्।

२०८० असार ५ गते मंगलवार १७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु