अब ट्राफिक चेकिङमा नागरिक एपबाटै लाइसेन्स देखाउँदा हुने
Kathmandu Nepal August 26, 2018 View of Nepali traffic police working in the middle of the street at Thamel district in Kathmandu in the afternoon
काठमाडौँ । अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा मात्रै नागरिक एपमा राखेको लाइसेन्स विवरण काम लाग्छ । चालकले ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा भने सामान्य अवस्थामा झैँ कारबाही हुने जानकारी सुवेदीले दिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टले सवारी चालक लाइसेन्स प्राप्त हो वा होइन भनेर जानकारी लिन मात्रै यो सुविधा दिइएको बताए ।
२०८० कात्तिक १३ गते सोमवार १७:४८ बजे प्रकाशित























