आयात र निर्यात दुवै घट्दा अर्थतन्त्रमा देखिएन सुधार,आयातबाट राज्यकोषमा २ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ राजश्व
काठमाडौं । मन्दीतर्फ उन्मुख रहेको अर्थतन्त्रमा सुधारको सङ्केत अझै देखिएको छैन । आयातमा आधारित नेपालको अर्थतन्त्रमा आन्तरिक माग नबढ्दा आयात–निर्यात दुबै खुम्चिएको छ ।
चालू आर्थिक वर्षको पुससम्मको अवधिमा आयात ३.०९ प्रतिशत र निर्यात ७.२३ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएसँगै अर्थतन्त्रमा गतिशीलता नदेखिएको पाइएको हो ।
यतिबेला देशको अर्थतन्त्र लामो समयदेखि शिथिलतामा छ । यस आधारमा गत आर्थिक वर्षदेखि नै निरन्तर आयात–निर्यात खुम्चँदो अवस्थामा छ । गत आर्थिक वर्ष नै घटेको आयात र निर्यातको तुलनामा चालू आर्थिक वर्षको पुस महिनासम्मको अवधिमा झनै घटेको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको हो । पुस महिनासम्मको अवधिमा
जबकि, गत आर्थिक वर्ष २०७९/८० को अवधिमा ७ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । यो ३.०९ प्रतिशतको गिरावट हो । यस्तै, पुस महिनासम्मको अवधिमा नेपालबाट ७४ अर्ब ९६ करोड रुपैयाँको निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२३ प्रतिशतले न्यून हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ८० अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
आयात र निर्यात नै घटेपछि नेपालको व्यापार घाटामा भने सुधार आएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनासम्मको अवधिमा २.६२ प्रतिशतले व्यापार घाटा सुधारिएको छ । यस अवधिमा नेपालको व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी छ । गत आर्थिक वर्षको यही अवधिमा ७ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी थियो । आयात र निर्यात घटेपछि यो सूचकाङ्कमा भने सुधार आएको हो ।
२०८० माघ ७ गते आइतवार १७:५२ बजे प्रकाशित























