"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मकै पोलेर जम्मा गरेकाहरुको पैसा व्याजसहित फिर्ता गर्न जीबी राईलाई रवीको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु (जीबी) राईलाई जहाँसुकै भएपनि सार्वजनिक भएर सहकारी पीडितहरुको पैसा व्याजसहित तिर्न आग्रह गरेका छन् ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछानेले पत्रकार सम्मेलन आयोजनामा आफूविरुद्ध लागेका आरोपहरुको प्रमाण संकलन गरिरहेको र कानुनी उपचारमा जाने तयारी गरेको भन्दै जीबी राईलाई सरकारले किन नपक्रेको भनेर प्रश्न गरेका हुन् । ‘पूर्व उपप्रधानमन्त्रीलाई समाउन सक्ने सरकारले जीबी राईलाई किन समाउन सक्दैन र ? एकजना जीबी राईलाई समाउन सक्दैन र ? तर मलाई कताकता यो फायल खोल्दै जाँदा उहाँहरुका आफन्त धेरैको नाम आउँछ कि भनेर हो कि म हेर्दैछु उहाँहरुलाई’, लामिछानेको भनाइ छ ।

लामिछानेले जीबी राईलाई पनि जहाँसुकै भएपनि सार्वजनिक भएर पीडितहरुको पैसा व्याजसहित तिर्न आग्रह गरे । ‘र, जीबी राईजी तपाई जहाँ हुनुहुन्छ । एउटा कुनै समय टेलिभिजनमा सहकार्य गरेको मित्रको हिसाबले । यति धेरै मानिसहरु पीडित छन् । उनीहरुलाई तपाईँले कहीँबाट आएर तिनको पैसा, डिपोजिट कसरी फिर्ता गर्नुहुन्छ ? गर्नुस्’, लामिछानेले भने, ‘कुन सम्पत्ति बेचेर फिर्ता गर्नुहुन्छ । मकै पोलेर जम्मा गरेकाहरुको पैसा जस्ताको तस्तै व्याजसहित संसारको जुन कुनामा भएपनि फिर्ता गर्नुहोस् ।’ उनले सरकारसँग समेत सहकार्य गर्न अनुरोध गर्दै भने, ‘आउनुहोस्, सार्वजनिक हुनुहोस् ।’ उनले भने ।

२०८० माघ ८ गते सोमवार १८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु