"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोशीमा गठबन्धनको कृष्णप्रसाद सिटौला विजयी

विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचमा कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

गठबन्धनबाट साझा उम्मेदवार रहेका सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्।

कोशीमा नेकपा (एमाले) र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल पराजित भए।

उनले चार हजार पाँच सय ६२ मतभार ल्याएका छन्। सिटौला ७३० मतभारसहित निर्वाचित भएका हुन्।

सत्ता गठबन्धनबाट कोशीमै उम्मेदवार रहेकी माओवादी केन्द्रकी चम्पादेवी कार्की भने पराजित भइन्। यहाँ नेकपा एमाले/राप्रपा गठबन्धनकी साझा उम्मेदवार एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी हुन्।

२०८० माघ ११ गते बिहीवार १९:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु