बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीसहित तीन जना पक्राउ
काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । यससगै पक्राउ पर्नेको संख्या तीन पुगेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनी बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिको अध्यक्ष रहेको र जग्गा घोटालामा संलग्नता पाइएपछि पक्राउ बताइएको छ । ठाकुरको स्थायी ठेगाना महोत्तरी भएको बताइएको छ ।
सोही प्रकरणमा प्रहरीले चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि पक्राउ गरिसकेको छ ।
थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए ।
२०८० माघ १८ गते बिहीवार १७:५३ बजे प्रकाशित






















