लघुबित्त र सहकारीको समस्या समाधान गर्न सरकार उदासिन: कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुबित्त सम्बन्धि समस्याको समाधान गर्न सरकार उदासिन भएको भन्दै तत्काल समस्या समाधानको लागि ध्यान नदिए परिस्थिति विष्फोटक हुने चेतावनी दिएका छन् ।
समस्याको समयमै यथोचित ढङ्गले सम्बोधन गर्न नसके अर्थतन्त्र धराशायी हुने तथा समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै थापाले ३ खम्बे नीति अनुसार काम गर्ने भन्ने सरकारले एउटा खम्बा सहकारी क्षेत्र सड्ढटग्रस्त हुँदा सरकारको ध्यान र समस्या समाधानमा उच्च प्राथमिकतामा नपर्दा अबस्था जटिल भएको थापाको धारणा थियो ।
सहकारी र लघुबित्तका कारण अहिले हरेक नेपाली जनताको घर घरमा समस्या उत्पन्न भएको चर्चा गर्दै थापाले ७३ लाख परिवारसङ्ग जोडिएको विषयलाई सरकारले हलुका रुपमा लिएकोमा आपत्ती समेत प्रकट गरे ।
सहकारी संचालक, बचतकर्ता र ऋणिहरू कसैलाई पनि अन्याय नहुने गरि सरकारले समस्या समाधानका लागि भएका सहमतिहरुको कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै थापाले सड्ढटग्रस्त सहकारी पहिचान गरि राष्ट्रियकरण गर्न समेतपछि पर्न नहुने तर समस्याको समाधान अनिवार्य रुपमा हुनुपर्ने आबश्यकता औंल्याए ।
२०८० माघ १९ गते शुक्रवार २०:४६ बजे प्रकाशित























