"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

एनसेलमा नक्कली कम्पनि खडा गरेर कमिसन लिएर बेच्न खोजियो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेलमा झेल भएको बताएका छन ।

पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले सरकार अहिले भ्रष्टाचारको तानाबाना बुनेर बसेको जनाउँदै एनसेलमा झेल गर्न खोजेको बताए ।

उनले पूर्व मन्त्री र उपप्रधानमन्त्री बनेका मानिसलाई हिरासतमा राख्ने सरकारले  पक्राउ गरेको व्यापारीलाई भने प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगेकोमा आलोचना गरेका छन ।

‘केही वर्ष पछि सरकारको स्वामित्वमा आउने एनसेलसमेत कौडीको भाउमा अर्को कम्पनी खडा गरेर बेच्न दिने र त्यसबाट कमिसन लिने दाउमा सरकारका अधिकारीहरू रहेका छन,’ ओलीले भने, ‘सरकार निर्लज्ज भएर भ्रष्टाचारमा उत्रिएको छ ।’

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अहिले बेलगाम भएकोसमेत ओलीले जनाएका छन । राज्यसत्ताको दुरुपयोग गरेर सरकारले रेडक्रस र स्काउटजस्ता पवित्र सामाजिक संस्थाको समेत अधिवेशन गर्न नदिएको ओलीले जनाए ।  ‘कतिसम्म सत्ताको दुरुपयोग रु कुनै संस्था चल्न नै नपाउने, कोही चल्न खोजे रोकिदिने ?’ उनले भने ।

२०८० माघ २० गते शनिवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु