सभामुख–उपसभामुखको अनुपस्थिति हुँदा बैठकको अध्यक्षता गर्न ७ सांसद मनोनयन
sf7df8f}F, !) df3M
k|ltlglw;ef a}7s
k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7s ;~rfng ug{'x'Fb} ;efd'v b]j/fh l3ld/] . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आफू र उपसभामुखको अनुपस्थितिको देला बैठकको अध्यक्षता गर्न ७ जना सदस्यहरूको मनोनयन गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा सभामुख घिमिरेले सांसदहरू ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ र रामकृष्ण यादवलाई मनोनयन गरेका हुन । उनीहरूलाई प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरिएको सभामुख घिमिरेले जानकारी गराएका छन् ।
प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।
२०८० माघ २२ गते सोमवार १९:१६ बजे प्रकाशित























