"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पत्रकारिता दलगत स्वार्थबाट मुक्त हुनुपर्छ : सभापति लामिछाने

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्।

मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने, ‘जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भन्दामाथि उठ्न सकेमात्रै जनताको दुःखलाई सही ढंगबाट उजागर गर्न सकिन्छ। मैले विगतमा पत्रकारिता गर्दा पनि प्रश्नै–प्रश्नै गरेको र प्रश्नभन्दा माथि आफू कहिल्यै गएको थिइनँ।’

सभापति लामिछानेले आजको समाचार सही छकि छैन भनेर जनताले संका गरिरहेको बताउँदै अहिले पत्रकार थप सचेत हुनुपर्ने बताए। पत्रकारले सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत राख्नुपर्ने उनले बताए।

‘मेरो सार्वजनिक जीवनका सन्दर्भमा बजारमा उठेका प्रश्न, लान्छनाको जवाफदिन तयार छु। कहिले–कहिले पानी धेरै भयो भने डुबाउने रहेछ। कहिले पानीले पखाल्ने पनि गर्दो रहेछ। त्यसकारण मेराबारेमा उठ्ने गरेका र उठाइएका प्रश्नबाट म आत्तिएको छैन। तर्सिएको पनि छैन। रास्वपा सत्य र निष्ठाका साथ लोकतन्त्रको पक्षमा रहेको छ। कुनै पनि मूल्यमा लोकतन्त्र नमासियोस्, नखोसियोस् भन्ने मान्यतामा हामी अडिग छौं,’ उनले भने।

२०८० माघ २३ गते मंगलवार १७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु