सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ, ४ दिन हिरासतमा राख्न अनुमति
रुपन्देही । पूर्वसभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
६० किलो सुन तस्करीमा संलग्न देखिएपछि सोमबार रूपन्देहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएर काठमाडौं ल्याउने तयारी गरेको छ ।
कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले बतायो ।
२०८० चैत ५ गते सोमवार १८:३३ बजे प्रकाशित






















