"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

त्रिभुवन विमानस्थलमा सौर्य एयर दुर्घटना: १८ जनाको शव निकालियो

काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १८ जनाको शव निकालिएको छ ।

विमानस्थल कार्यालयका अनुसार पाइलट मनिष रत्न शाक्यको सकुशल उद्धार गरेर अस्पताल लागिएको छ भने विमानमा रहेका बाँकी १८ जनाको मृत्यु भएको छ ।

विमानमा रहेका यात्रुहरु मध्ये धेरै जसो एयरलाइन्सकै प्राविधिक कर्मचारी रहेको बुझिएको छ ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको हो । विमानलाई मर्मतका लागि पोखरा लैजान लागिएको बताइएको छ ।

२०८१ साउन ९ गते बुधवार १२:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु