"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत महशुलमा सत्यतथ्य छानबिन होस् : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र बिद्युत मस्यौदा असुलीमा तलमाथी गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा नै टेकेर थप अनुसन्धान गर्नु पर्ने, सर्वोच्च अदालतले दिएको आदेश अनुसार गिरिबन्धुको मुद्दा टुंग्याउने पर्ने र बिद्युत महशुल बक्यौंता कानुन अनुसार असुल गर्नुपर्नेसमेत जनाएका छन्

‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौं, यतापटी कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही बिषय उठाउने छौं,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत मस्यौदा शुल्कका बारेमा उहीँ धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ ।’

उनले यी तीनै बिषयलाई सरकारले सत्यतथ्य रुपमा छानबिन गर्नुपर्नेमा जोड गरेका छन् ।

२०८१ साउन २९ गते मंगलवार १७:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु