"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दशैमा राजधानी छोड्नेको संख्या आधाले घट्यो

काठमाडौँ । यस बर्ष दशैमा राजधानी छाड्नेको संख्या गत वर्षको भन्दा आधाले घटेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैका लागि काठमाडौं छाडेका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले जानकारी दिएका छन् ।

गत वर्ष यहि अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए ।

काठमाडौं जोड्ने अधिकांस राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि यस बर्ष दशैमा राजधानी छोड्नेको संख्या आधाले घटेको हो । अहिले पनि बाढीले सडक बगाएका अरनिको राजमार्ग, वीपी राजमार्ग संचालन हुन सकेका छैनन् ।

२०८१ असोज २२ गते मंगलवार १७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु