"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कालोबजारी र अनियमितताबारे उपभोक्ता संरक्षण विभागको अनुगमन : महानगर इन्टरनेशनललाई ५० हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा भइरहेको कालोबजारी र अनियमितताबारे अनुगमन गरेको छ। विभागले बुढानिलकण्ठ नगरपालिका–७ मा रहेको महानगर इन्टरनेशनलमा विभागको टोलीले अनुगमन गरी ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

पसलमा मूल्य सूची नराखेको, दर्ता प्रमाणपत्र उपलब्ध नगराएको, र एमआरपी (अधिकतम खुद्रा मूल्य) सम्बन्धी कानूनी प्रावधान उल्लंघन गरेको पाइएपछि विभागले तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिँदै जरिवाना समेत तोकेको हो।

पछिल्ला दिनहरूमा पेट व्यवसायमा एमआरपी उल्लंघन, अवैध औषधि बिक्री, दोहोरो बिल प्रणाली, र उपभोक्तामाथि भइरहेको आर्थिक शोषणजस्ता विषयमा भेट टाइम्सले कार्तिक अंकमा विशेष रिपोर्ट प्रकाशित गरेको थियो। यसले सरकारी निकायहरूको ध्यानाकर्षण गराउँदै अनुगमन अभियानलाई तीव्र बनाएको छ।

२०८१ मंसिर ११ गते मंगलवार २१:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु