"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

४१ पदमा भएको उपनिर्वाचनमध्ये तीन स्थानको नतिजा आउन बाँकी

काठमाडौँ । ४१ पदमा भएको स्थानीय तह उपनिर्वाचनमध्ये तीन स्थानको अन्तिम नतिजा आउन बाँकी रहेको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत ३८ स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको निर्वाचन आयोगले जनाएको छ ।

नतिजा आउन बाँकी स्थानीय तहमा कीर्तिपुर नगरपालिका, दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष, र उदयपुरको वेलका वडानम्बर ९ मतगणना जारी छ ।

जारी मतगणनामा कीर्तिपुरको मेयरमा कांग्रेस उम्मेदवार अगाडी छन् भने दोलखाको गौरिशंकरमा माओवादी उम्मेदवार र वेलकाको प्रारम्भिक मतगणनामा माओवादीको अग्रता रहेको छ ।

२०८१ मंसिर १७ गते सोमवार १७:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु