"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

यी हुन बिआर आई फ्रेमवर्क भित्र परेका १० आयोजना

काठमाडौं । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

गत सोमवार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बिआरआइमा सहमति जनाउँछन कि जनाउँदैन भन्ने बिषय चासोको साथ हेरिरहेको बेला सो हस्ताक्षर भएको हो ।

बिआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरू:

१) टोखा–छहरे सुरुङमार्ग
२) हिल्सा–सिमकोट सडक
३) किमाथांका–खाँदबारी सडक र पुल
४) जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग
५) डडेलधुरास्थित अमरगढी सिटी हल
६) जिलोङ–केरुङ–रसुवागढी
७) मदन भण्डारी विश्वविद्यालय
८) काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम
९) दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क
१०) झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स

जुन फ्रेमवर्कमा नेपालवाट परराष्ट्र सचिव अमृतबहदुर राई र चीनबाट नेशनल डेभलपमेन्ट कमिशनका उपाध्यक्ष लिउ सुशेद्दारा हस्ताक्षर  गरिएको छ ।

२०८१ मंसिर १९ गते बुधवार १६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु