"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बामदेव नेकपा एसमा प्रवेश गर्ने, बनाइयो बार्ता टोली

काठमाडौं। वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराउन दुवै पक्षले बार्ता टोली बनाएका छन ।

गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बिच पार्टी एकीकरणका लागि दुवै टोलीले बार्ता समिति बनाएका हुन ।

गौतमका तर्फवाट अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको छ भने  एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा सदस्य रहेको बार्ता समिति बनाएका छन ।

दुवै वार्ता टोलीले तय गरेको सैद्धान्तिक र नेतृत्वको बिषयमा सहमति जुटे पछि एकता गर्ने गरी कुराकानी अघि बढिरहेको छ । हालै बसेको नेकपा एसको स्थायी समिति बैठकले गौतमलाई तेस्रो मर्यादाक्रममा राख्ने भनेर बाटो खुल्ला राखेको छ ।

२०८१ पुस ९ गते मंगलवार १७:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु