"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचना बलियो बनाउनुपर्छः गृहमन्त्री

विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचना बलियो बनाउनुपर्छः गृहमन्त्री
काठमाडौं। गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएको छन ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्नुदै उनले यस्तो बताएको हो ।

उनले भने, ‘‘हामी विपद् जोखिमको उच्च जोखिममा छौँ । हाम्रो भुगोल पनि विपद्को जोखिमकै स्थितिमा छ । कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन् । धेरै ज्यादा जोखिमको अवस्थामा हामी रहेका छौँ । त्यसो भएको हुनाले यसलाई न्यूनीकरण गर्नका निमित्त हामी सबै मिलेर मात्रै सम्भव छ ।’’

गृहमन्त्री लेखकले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । उनले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको औंल्याए। उनले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्नुदै सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको जानकारी दिए।

‘‘हामी सबै मिलेर अघि बढ्यौँ भने पूर्वानुमान, सूचनाको कुरामा, तत्काल उद्धार गर्ने विषय होस्, पुनर्निर्माण, पुनर्स्थापनाका लागि हामी सबै मिलेर अघि बढ्न जरुरी छ । हामीसँग प्राधिकरण छ, प्राधिकरणलाई पनि बलियो बनाउन जरुरी छ । जनशक्तिका रुपले, आर्थिक रुपले, सूचना प्रणालीदेखि सबै विषयमा सक्षम बनाउन जरुरी छ ।,’’ गृहमन्त्री लेखकले भने, ‘‘कानुनी रुपले संरचना निर्माण गरेका छौँ तर अब ति संरचनालाई सबै किसिमले बलियो बनाउन जरुरी छ । विपद् जोखिमलाई न्यूनीकरण गर्नका निमित्त जति पनि संरचना हामीसँग छन्, तिनलाई बलियो र सक्षम बनाउन जरुरी छ ।’’

उनले भुगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरुलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए।

गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्यूनीकरण गर्न नसकिने जानकारी दिए। उनले समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्यूनीकरणका लागि सहयोगी हुने बताए ।

२०८१ पुस ११ गते बिहीवार १३:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु