"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राष्ट्रियसभा गृहमा पीएल सिंहको शालिक बनाइने

काठमाडौं। राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालिक बन्ने भएको छ ।

जसका लागि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालीक बनाउने आज घोषणा गरेका छन् ।

महानगरपालिकाको जारी १६ औं अधिवेशनमा प्रमुख शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् ।

सिंहको गत १ पुसमा निधन भएको थियो । प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो महानगर प्रमुखका रुपमा सिंह निर्वाचित भएका नेता हुन् ।

 

२०८१ पुस १४ गते आइतवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु