"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सात प्रतिपक्षी दल छेउमा राखेर प्रचण्डले मागे ओलीको राजिनामा

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।

सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक देखिएको बेला काठमाडौं आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् ।

‘जुन उदेश्यले यो गठबन्धन बनाएको हो भनियो, त्यो कुनै काम गरेको छैन, बरू संबिधान संसोधन २०७९ मा गर्ने भनेर प्रधानमन्त्रीले भने पछि गठबन्धनको औचित्य पनि सकिएको छ,’ पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘तसर्थ यो सरकारले  नैतिक अधिकार गुमाएको छ, नैतिकताको आधारमा राजिनामा दिनु उचित हुन्छ भन्ने लाग्छ, यसको अर्थ हामी सरकारमा जान हतारिएको भन्ने होइन् ।’

काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ बिपक्षी दलले केपी ओली सरकारले भ्रष्टचारलाइ बढवा दिएको र अन्तराष्ट्रिय सबन्ध सन्तुलित राख्न नसकेको आरोपसमेत लगाएका छन् ।

यसरी आरोप लगाउने प्रतिपक्ष दलहरूमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन ।

२०८१ माघ ४ गते शुक्रवार १७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु