"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राजावादी आन्दोलनमा ज्यान गुमाउने परिवारलाई १०-१० लाख क्षतिपुर्ति

काठमाडौं। राजावादी आन्दोलनमा ज्यान गुमाएका परिवारजनले १० लाख रूपैयाँ क्षतिपुर्ति पाउने भएका छन ।

सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख दिने निर्णय गरेको हो । गृह मन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।

उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्युजका भिडियो पत्रकार सुरेश रजकको निधन भएको थियो ।

सविनको मंगलबार नै दाहसंस्कार गरिसकिएको छ भने रजकको आज दाहसंस्कार हुदैँछ ।

२०८१ चैत २० गते बुधवार १७:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु