"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने चलखेल भयो : महासचिव पोख्रेल

शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने चलखेल भयो स् महासचिव पोख्रेल
दाङ। सत्तारुढ दलका नेता एवं नेकपा ९एमाले०का महासचिव शंकर पोख्रेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतबार दु:खद अवस्था सिर्जना भएको बताएको छन्।

उनले शिक्षकको आन्दोलनलाई मुठभेडमा लैजान केही तत्त्व लागि परेकोले सम्बन्धित निकायलाई सजगता अपनाउनसमेत आग्रह गरेको छन्। ‘आजको घटना दु:खद भयो’, उहाँले सामाजिक संजालमार्फत भने, ‘शिक्षकको आन्दोनमा सजगताको खाँचो छ।’

आइतबारको आन्दोलनका घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोख्रेलले भने,‘शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोशिस गरिरहेको र वार्ता समेत सकारात्मक ढंगले अघि बढेका बेलामा आज भएको मुठभेड नियोजित देखिन्छ।’

शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ अनुरुप मुठभेडमा लैजाने षडयन्त्रका विरुद्धमा महासंघको नेतृत्व थप सचेत हुनुपर्ने उनले बताए। ‘सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुबैको दायित्व हो’, महासचिव पोख्रेलले भने, ‘वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन।’

साथै उहाँले दुबैपक्ष गम्भीर ढंगले वार्तामा बसेर सहमति गरेर मात्र वार्ताबाट उठ्न समेत सुझाव दिए।

२०८२ वैशाख १४ गते आइतवार २०:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु