राजावादी आन्दोलन एकीकृत हुँदै, एकै मञ्चमा देखिए लिङ्देन र थापा
काठमाडौं । राजतन्त्रको पुनस्थापनाको माग राख्दै राप्रपा नेपालले सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा भएको आन्दोलनमा राप्रपा लगायत अन्य राजावादी समूहरुले समेत सहभागिता जनाएका थिए । यसअघि छुट्टाछुट्टै आन्दोलन गरेका राजावादीहरु एक ठाउँमा देखिएका हुन् ।
राप्रपा नेपालको नेतृत्वमा भएको आन्दोलनमा ऐक्यवद्धता जनाउन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरु पुगेका थिए ।
त्यस्तै पञ्चायतकालीन नेता नवराज सुवेदी, केशरबहादुर विष्ट लगायत नेताहरु पुगेका थिए । यसअघि अलग अलग समूह बनाएर आन्दोलन गर्दा मुख्य मुद्दा ओझेलमा परेको र अहिले एक ठाउँमा उभिएर संयुक्त रुपमा आन्दोलन गर्ने प्रतिवद्धता जनाएको नेताहरुले बताएका छन् ।
त्यसो त राप्रपा नेपालको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका राप्रपा अध्यक्ष लिङ्देनले आफूहरु आगामी दिनमा सँगै उभिने समेत बताएका छन्
२०८२ वैशाख १५ गते सोमवार १७:३४ बजे प्रकाशित






















