सरकार साढे तीन वर्ष ढुक्कले जाने भएपछि विपक्षीहरू आत्तिए: सञ्चारमन्त्री गुरुङ
लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ढिलोमा एक हप्ता भित्रमा राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताएको छन् ।
आइतबार लमजुङ सदरमुकाम बेँसीसहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्तिका लागि बनाइएको सिफारिस समितिले सिफारिस गरेकै दिन सरकारले निर्णय गर्ने बताए।
“समितिका सदस्य डा। विश्व पौडेलले राजीनामा दिएपछि अर्थविद् डा। पोषराज पाण्डेलाई सदस्यमा नियुक्त गरिएको छ” सञ्चारमन्त्री गुरुङले भने, “सिफारिस समितिले प्रस्ताव गर्नासाथ सरकारले निर्णय गरिहाल्छ ।”
मन्त्री गुरुङले वर्तमान सरकार लामो समय जाने निश्चित भएपछि विपक्षीहरू अत्तालिएको बताए । उनले सत्ता गठबन्धनमा कुनै प्रकारको असमझदारी नरहेको समेत प्रष्ट पारे । “सरकार साढे तीन वर्ष ढुक्कले जाने भएपछि विपक्षीहरू आत्तिएका छन् । हुने नहुने बोलेका छन्” उनले भने, “अहिले हामी बोल्न पनि हुन्न । एकदम ग्रान्डडिजाइन छ । यहाँ हतास मानसिकताले काम गरिरहेको छ ।”
२०८२ जेठ ४ गते आइतवार १७:२४ बजे प्रकाशित






















