"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गणतन्त्र नढलेसम्म आन्दोलन जारी हुन्छ: लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताएका छन् ।

राजावादीहरूले आजबाट आन्दोलन थालेका छन् । र, पहिलो दिनको प्रदर्शनलाई लिङदेनले कास्टिङ मात्र भएको बताएका हुन् । ‘आन्दोलनको यो कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ,’ उनले भनेका छन् ।

राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको थियो ।

२०८२ जेठ १५ गते बिहीवार १७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु